बीमकको सूचना प्रविधि व्यस्थापन सम्बन्धि विस्तृत कार्ययोजना पेश गर्न बीमा समितिको निर्देशन

0
Shares

बीमा समितिले इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई आगामी असार मसान्तसम्ममा बीमकको सूचना प्रविधि व्यस्थापन सम्बन्धि विस्तृत कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

समितिले गत फागुन १४ गते बीमकका लागि जारी गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रहि असारमसान्तसम्म विस्तृत कार्ययोजना पेश गर्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए।

समितिले बीमा कम्पनीहरुलाई डेटा सेन्टर स्थापना सम्बन्धि कार्ययोजना, रियल टाइम सफ्टवेयर जडान सम्बन्धि कार्ययोजना तथा साइबर सुरक्षा सम्बन्धि कार्ययोजना तयार गरी ०७७ असारमसान्तभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो।

समितिले गत फागुनमा बीमकका लागि जारी गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ मा बीमा कम्पनीहरुले फिजिकल डेटा सेन्टर स्थापना गर्नुपर्ने, बीमा कम्पनीहरुको वार्षिक रुपमा इजाजत प्राप्त सूचना प्रविधि सम्बन्धी परीक्षकबाट सूचना प्रणालीको परीक्षण गर्नुपर्ने, सूचना प्रणाली परीक्षणको प्रतिबेदन आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र पेश गर्नुपर्ने उल्लेख छ ।

यस्तै कम्पनीको वेवसाइट निर्माण गर्नुपर्ने, उच्च व्यवस्थापकीय अधिकृत तथा विभागीय प्रमुखहरुको तस्विर सहितको विवरण, सूचना अधिकारीको मोबाइल नम्बर राख्नु पर्ने व्यवस्था गरेको थियो। यस्तै सेवाग्राहीको कुन कामको लागि कति समय लाग्ने हो र त्यसको लागि सम्पर्क गर्ने अधिकृतको नाम र पद सहितको नागरिक वडापत्र पनि राख्नु पर्ने निर्दे्शिकमा उल्लेख छ ।

 

 

प्रकाशित मिति: २० जेठ २०७७, मंगलबार  १४ : १४ बजे