हिमालयन पावर पार्टनरको चालु दायित्व ७० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी शुन्य

0
Shares

हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु सम्पत्ति ७.९० प्रतिशतले घटेको तथा चालु दायित्व ७०.७४ प्रतिशतले बढेको वित्तीय विवरण कम्पनीले बुधबार सार्वजनिक गरेको छ।

गत आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ९५ लाख रहेको कम्पनीको चालु दायित्व बढेर ६ करोड ७५ लाख पुगेको छ भने ५६ करोड ७ लाख रहेको चालु सम्पत्ति घटेर ५१ करोड ६४ लाखमा झरेको छ।

हिमालयनले लमजुङ्गको दोर्दी खोलामा निमार्ण गरिरहेको २७ मेगावाटको आयोजनाको व्यापारिक उत्पादन शुरु भई नसकेको र प्रसाशनिक खर्च आयोजनामा पूँजीकृत गरिएकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात लगायतका सूचकहरु गणना गर्न नसकिएको जनाएको छ।

कम्पनीले आइपीओ जारी गरेको करिब ३ वर्ष हुन लागेपनि आयोजना निर्माण सम्पन्न नहुँदा शेयरधनीले कुनै लाभांश पाउने आशा समेत गर्न सकेका छैनन्। आयोजनामा २ अर्ब ४१ करोड दीर्घकालीन कर्जा तथा ४३ करोड ४८ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी रहेको छ। कम्पनीको चालु सम्पत्ति तथा दायित्व २ अर्ब ७५ करोडबाट बढेर ३ अर्ब ५४ करोड पुगेको छ।

एक अर्ब ६ करोड चुुक्ता पूँजी रहेको कम्पनीको शेयर कूल सम्पत्ति मूल्य ३३२.६८ रुपैयाँ रहेको छ भने धितोपत्रको दोस्रो बजारमा अन्तिम पटक १२६ रुपैयाँमा किनबेच भएको छ।