नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ९ पुगेको छ।
दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप १७९ पुरुष र २२ महिला गरी २०१ जनामा कोरोना पुष्टि भएको बताए। योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ३ सय पुगेको छ।
बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ।
प्रतिक्रिया