आजको मन्त्रिपरिषद् बैठकले लकडाउनको नयाँ मोडालिटि लागू गर्ने

0
Shares

सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

जनस्तरबाट समेत लकडाउन उलङ्घन हुने अवस्था सृजना हुने देखेपछि सरकारले लकडाउन खुकुलो बनाउने गृहकार्य थालेको छ।

मंगलबार विभिन्न निजी क्षेत्रका व्यवसायीक छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको सरकारले बुधबार विज्ञहरुसँग लकडाउन खुकुलो बनाउने सम्बन्धमा छलफल गरेको थियो।

विज्ञहरुको सुझाव बमोजिम लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले विज्ञहरुको सुझाव बमोजिम लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी रहेको  बताए । उनले सरोकारवाला निकायसँग बिहीबार पनि छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार भई मन्त्रिपरिषद् बैठकबाट पारित गरि लागू गर्ने तयारी रहेको जानकारी दिए।