संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कोरोना बीमा बन्द गर्ने तयारी

0
Shares

निकै उत्साहका साथ सुरु भएको संख्यात्मक रुपमा पनि बीमितहरु बढिरहेपनि साढे १ महिना अवधिमा नै कोरोना बीमा बन्द हुने भएको छ।

जोखिम विश्लेषण र प्रयाप्त अध्ययन, अनुसन्धान बिना नै पोलेसी जारी गरेकाले सुरुवातको दुई महिना अगावै सो पोलेसी बन्द हुने अवस्था सिर्जना भएको हो।

नेपाल बीमक संघले बुधबार पोलेसी स्थगित गर्ने सर्वसम्मत निर्णय गर्दै बीमा समितिलाइ लिखित पत्र पठाएपछि समितिमा भएको छलफलमा हाललाई शुक्रबारदेखि कोरोना बीमा पोलेसी स्थगित गर्ने सहमति भएको छ।

यद्यपी शुक्रबारबाटै स्थगत गर्ने औपचारिक निर्णय भने बीमा समितिले गरिसकेको छैन। सरकारले आगामी आवको बजेट मार्फत पनि कोरोना बीमाको कार्यक्रम सार्वजनिक गरेको छ। यस्तो अवस्थामा पोलेसी पूर्ण रुपमा बन्द गर्नेभन्दा स्थगित गर्ने अवस्थामा समिति पुगेको छ। सरकारसँग समन्वय गरेर पोलेसीको खाका परिवर्तन गर्ने वा विदेशी बीमा कम्पनीहरुले पुनबीर्मा हुनेगरि पोलेसीमा संसोधन वा महामारीलाई सम्बोधन गर्नका लागि सञ्चालनमा ल्याइएको हुनाले बन्द गर्ने विकल्प पनि समितिसँग रहन्छ।

मुलुकमा कोरोना संक्रमितहरुको सुंख्या ह्वात्तै बढ्न थालेपछि कम्पनीहरु भार थेग्न नसक्ने अवस्था पुगेका छन्। जसले उनिहरु नियामक निकायमा बन्द गर्न हारगुहार कोभिड १९ बीमालेख जारी गर्दा नेपालमा जम्मा १६ संक्रमित रहेकोमा बुधबारसम्म सो संख्या बढेर २३ सय पुगिसकेको छ । न्यून बीमाशुल्कमा थालिएको कारण संक्रमितको संख्या बढ्दै गएको हुँदा भविष्यमा कम्पनीहरुले दाबीको भार थेग्न नसक्ने आंकलन गरिएको छ।

कोरोना बीमा अन्तर्गत प्रतिव्यक्ति ३०० मा ५० हजार रुपैयाँको र ६०० मा १ लाख रुपैयाँको गरी २ प्रकारको बीमालेख खरीद गर्न सकिने व्यवस्था छ।
कोरोना बीमा पोलेसीमा अन्तर्गत बीमित पीसीआर रिर्पोटमा कोरोना पोजेटिभ हुने बित्तिकै बीमा दाबी गर्ने पाउने व्यवस्थाले कम्पनीहरुलाई धान्न गाह्रो भएको बताइन्छ।

नेपालमा गत बैशाख ७ गतेदेखि निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी लघु बीमा पुलमार्फत पोलिसी सञ्चालन गरिएको गरिएको थियो। कोरोना बीमा लेखको विदेशी बीमा कम्पनीहरुले रि इन्स्योसको सम्झौता हालसम्म गरेका छैनन् ।

हालसम्म २० निर्जीबन बीमा कम्पनीहरुले करिब २५ हजार पोलेसी बिक्री गरेर ३ लाख व्यक्तिको कोरोना बीमा गरिसकेका छन्। जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६ हजार बीमालेखबाट ५७ हजारको बीमा गर्दा ३ करोड १६ लाख बीमाशुल्क संकलन गरेको छ।