सहकारी अभियानको तर्फबाट कोरोना कोषमा २७ लाख हस्तान्तरण

0
Shares

राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार ७ सय ६४ रुपैयाँ प्रदान गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले निवर्तमान अध्यक्ष केशव वडाल समेतको उपस्थितिमा मिति २०७७ जेठ २३ गते उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई चेक हस्तान्तरण गरे ।

यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि संघिय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढि सहयोग उपलब्ध भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिदै सहकारी अभियानले विभिन्न माध्यमबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गरे ।