नबिल बैंकले ल्यायो “Nabil Gen-N Account”, के-के पाइन्छन् सुविधा ?

0
Shares

 

नबिल बैंकले “Nabil Gen-N Account” सञ्चालनमा ल्याएको छ। आफ्नै घरमा बसेर खाता खोल्न सकिने “Nabil Gen-N Account” आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत भएको बैंकले जनाएको छ ।

आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक सेवा प्रदान गर्दै आएको बैंकले १८ वर्ष माथिका नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै नबिल “Nabil Gen-N Account” सञ्चालनमा ल्याएको बैंकले जनाउको छ।

यस खातामा थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग, भाईबर बैंकिङ्ग, अनलाईन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, २ जिबि निःशुल्क डेटा सहितको एनटिसी/एनसेलको सिम जारी गरिएको छ ।

यसैगरि नबिल बैंकले आफ्ना बचतकर्ताको सुरक्षण सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने जनाएको छ। पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको बैंकले ल्याएकोयो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा बैंक विश्वस्त छ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकको ११८ शाखा, १७५ एटिएम र १ हजार ५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

बैंक ग्राहक वर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बताइएको छ।