सिटिजन्स म्युचुअल फण्ड–२ को एकाई असार ७ सम्म बिक्री खुला हुने

0
Shares

सिटिजन्स म्युचुअल फण्डले निष्कासन गरेको एक अर्ब रुपैयाँ बरावरको दोस्रो योजनाको एकाइ खरिदका लागि आवेदन गर्ने समय थप भएको छ । इच्छुक लगानीकर्ताहरुले असार ७ गते सम्म आवेदन दिन पाउनेछन् ।

जेष्ठ ९ देखि बिक्री खुल्ला गरिएकोमा छिटोमा बिक्री बन्द हुने समयमा पुर्ण बिक्री नभएपछि असार ७ सम्म बिक्री खुल्ला गरिएको हो ।

सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्र्धक रहेको सो योजनामा हालसम्ममा करिब २८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । सो योजनामा अहिलेसम्ममा व्यक्तिगत लगानीकर्ताको मात्र आवेदन आएको बताउदै सिविआइएल क्यापिटलका प्रमूख कार्यकारी अधिकृत नवराज गिरीले भने,“संस्थागत लगानीकर्ताले बिक्री बन्द हुने अन्तिम समयमा मात्र आवेदन गर्ने भएकाले कम देखिएको हो ।” धितोपत्र बजारको नकारात्मक अवस्थाले पनि सर्वसाधारणको सहभागीतामा केही कमी आएको गिरी बताउछन । हालसम्म १५ हजार बढी आवेदकले सो योजनानको इकाइ खरिदका लागि आवेदन दिएका छन । हालसम्मका आवेदक मध्ये अधिकांस साना लगानीकर्ताको सहभागीता रहेको छ ।

संस्थागत लगानीका लागि कर्पोरेट सेक्टरमा कुरा भैरहेको गिरी बताउछन् । आगामी असरा ७ सम्ममा बिक्री खुला हुने भएकाले असार लागेपछि संस्थागत लगानीकर्ताको आवेदन आउने गिरी बताउछन ।

सो योजनाको एक करोड पचास लाखइकाई कोष प्रवद्र्धक रहेको सिटिजन्स बैंकलाइ छुट्याएको छ । सो सामूहिक लगानी कोषको योजनामा आवेदकले न्युनतम एक सय इकाई देखि अधिकतम दुई करोड इकाई सम्म आवेदन दिन सक्नेछन ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत जारी हुने यो दोस्रो बन्दमुखी योजना हो । यो योजना ७ वर्षपछि परिपक्क हुनेछ । सो योजनाको कोष व्यवस्थापकको रुपमा सिविआइएल क्यापिटल रहेको छ । प्रति इकाई १० रुपैयाका दरले एक हजार देखि लगानी गर्न सकिन्छ । यो योजनाको एकाइ धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सुचिकरण पनि हुन्छ ।

योजनामार्फत संकलन गरेको रकमको १० प्रतिशत मुद्दती निक्षेपमा, त्यसपछिको अर्को १० देखि २० प्रतिशतसम्म डिबेञ्चर तथा वण्ड निश्चित आम्दानी हुने क्षेत्रमा लगानी गर्ने गिरी बताउछन । बाँकी रहेको ७० प्रतिशत रकम प्राथमीक तथा दोस्रो बजारमा लगानी गर्ने योजना रहेको गिरीको भनाइ छ । सो योजनामा लगानी गर्ने लगानीकर्ताले बार्षिक १५ देखि २० प्रतिशतसम्म प्रतिफल पाउने सम्भावना छ भने योजना परिपक्क भएपछि अहिलेको लगानीको करिब ३ देखि ५ गुणा सम्पत्ती फिर्ता पाउनेछन ।