गुराँस लाइफको नविकेको हकप्रद सेयर लिलामीमा


 

गुराँस लाइफ इन्स्योरेन्सले निष्कासन गरेकोे ५० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि निष्कासन गरेको हकप्रद सेयर पुर्ण रुपम ाबिmत्री नभएपछि असार ५ देखि १२ गतेसम्म लिलामी बिक्री गर्ने भएको हो । कम्पनीको सेयर लिलामी मार्फत खरिद गर्न चाहने लगानीकर्ताले लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन् ।

सो लिलामीमा आएको हकप्रदमा २ लाख ४० हजार ५७१ कित्ता संस्थापक र ८२ हजार पाँच कित्ता सर्वसाधारण सेयर रहेको छ ।

लिलामीमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन । लगानीकर्ताले प्रतिकित्ता एक सय रुपैयाँबाट बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन ।

गुराँस लाइफ इन्स्योरेन्सको शेयर जेठ २९ गते बुधबार प्रतिकित्ता ५१५ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीले गत चैत २८ देखि २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद लिलामी बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ कायम हुनेछ।