विश्वभर कोरोना भाइरस संक्रमणदर बढ्दै जान थालेपछि भौतिक दूरी कायम गर्ने र विभिन्न सुरक्षाका उपाएहरु अपनाउन सुझाव दिइने गरेको छ। स्वासप्रश्वासबाट यस रोग फैलने गर्दछ।
तर दैलेखमा संक्रमित आमाबुवासँगै बसेका १ महिनासम्म रहेका १५ महिने एक बालकमा संक्रमण नभेटिएको बताइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले दुईपटक पिसिआर परिक्षण गर्दा पनि १५ महिने बालकमा संक्रमण नदेखिएको बताए।
दैलेखको डुगेश्वर गाउँपालिका वडा नं. १ की २५ वर्षिया रेश्मा वि.क र उनका श्रीमान् जेठ ८ गते भारतबाट दैलेख आएका थिए। सो पश्चात स्वाब संकलन गरि सप्सीआर परीक्षणमा पठाइएकोमा आमाबुबामा दुबैकम कोरोना संक्रमण पुष्टि भयो तर १५ महिने बालकको रिपोर्ट नेगेटिभ आएको हो।
दैलेख सदरमुकामको सरस्वती मा.बि.मा निर्माण गरिएको आइसोलेसन अस्पतामा ती बालक र उनकी आमा सँगै बसेका थिए। पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा नेगेटिभ नतिजा आएपछि रेश्मा वि.क १५ महिने बाल आरुस विकसँगै सोमबार डिस्चार्ज भएर घर फर्किएकी छिन्।
बालकमा भने पहिलो परीक्षण नेगेटिभ आएकोमा र दोस्रो पटक पुनः पिसिआर जाँच गर्दा पनि नेगेटिभ रिर्पोट आएको थियो।
प्रतिक्रिया