नबिल बैंकका कर्मचारीद्धारा कोराना कोषमा २६ लाख २८ हजार सहयोग

0
Shares

नबिल बैंकका कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८६७ रुपैयाँ १५ पैसा योगदान गरेका छन ।

कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैंकका संचालक तथा कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृतअनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरे ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।