बुधबार थप २७९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २५७ जना पुरुष र २२ जना महिलामा नयाँ संक्रमण फेला परेको हो।
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुलसंख्या ४ हजार ३६४ पुगेको छ।
यसैगरि पछिल्लो २४ घण्टामा ९० जना संक्रमण निको भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ६७४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१४ वटा पीसीआर र ६ हजार ७२२ वटा आरडिटी गरि कूल ११ हजार १३६ वटा नमुना परीक्षण सम्पन्न भएका छन्। हालसम्म पीसीआर प्रविधिबाट १ लाख १० हजार ७४४ वटा र आरडिटी विधिबाट १ लाख ७२ हजार ८८० वटा गरि कूल २ लाख ८३ हजार ६२४ वटा परीक्षण सम्पन्न भएको छ।
प्रतिक्रिया