यो वर्ष एसईई परीक्षा सञ्‍चालन नगर्ने सरकारको निर्णय 

0
Shares

सरकारले यो वर्षको एसईई परीक्षा सञ्‍चालन नगर्ने निर्णय लिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो।

‘एसइई’ को ग्रेड निर्धारण आन्तरिक मूल्याङ्कनका आधारमा

कोभिड १९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार गत चैत ६ गतेदेखि संचालन हुन लागेको एसईई परीक्षा स्थगित भएको थियो।

कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।