लकडाउनमा फाइदा लुट्ने गज्जव तरिका, एम्बुलेन्समा गाँजा !


लकडाउनका कारण मुलुकभर सवारी आवागमनमा कडाई भइरहेका बेला लागू औषध ओसार पसारमा एम्बुलेन्सको प्रयोग भएको भेटिएको छ ।

बाराको सिमरामा रहेको अल्पाइन कलेज टिचिङ अस्पतालको एम्बुलेन्समा गाँजा ओसारी रहेको अवस्थामा प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको बीरगञ्जस्थित रामपुर टोलमा ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सलाई ५६ किलो गाँजा सहित नियन्त्रणमा लिएको हो ।

सर्लाही लालबन्दी १५ का सञ्चारसिंह वाइवाको छोरा जितबहादुर वाइवा, लालबन्दीकै शोभासिंह वाइवाको छोरा दिलबहादुर वाइवा र पर्सा बहादुरमाईको रामइश्वर महतोको छोरा हरीशंकर महतो गाँजा ओसार पसारमा संलग्न रहेको रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता आफ्नो एम्बुलेन्स गाँजा सहित प्रहरीको नियन्त्रणमा परे पछि अल्पाइन अस्पतालले एम्बुलेन्स चालकले बदमासी गरेको भन्दै कार्वाही प्रकृयामा सहयोग गर्ने जनाएको छ ।