रिलायन्स लाइफ र तेह्रथुम पावरको आईपिओ निष्कासन प्रक्रिया सुरु


रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावरले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका छन् ।
दुवै कम्पनीले आईपिओ निष्कासनका लागि इक्रा रेटिङ गराएका छन् ।

इक्रा नेपालले रिलायन्स लाइफको आईपिओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ भने दिएको छ । तेह्रथुम पावर कम्पनीले पनि ग्रेड ४ रेटिङ पाएको छ ।

ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

रिलायन्स लाइफले ६३ लाख कित्ता आईपिओ निष्कासन गर्नको लागि रेटिङ गराएका हो । अब कम्पनीले धितोपत्र बोर्डमा आवेदन गर्ने छ बोर्डको स्वीकृति पश्चात आईपिओ जारी गर्नेछ ।

ह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आईपिओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कम्पनीले २०७६ असोज १३ गते निवेदन दिएको हो।

आईपीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि उक्त कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।