डा. पाण्डे भन्छन्:- आन्दोलनले कोरोना महामारी बढ्ने झनै खतरा

0
Shares

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले केहि दिन यता देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेकोले यसबाट महामारीको खतरा झनै बढ्न सक्ने भन्दै संयमित रहन आग्रह गरेका छन्।

भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शनले कोरोना संक्रमणको दर ह्वात्तै बढेको भन्दै उनले सजगता अपनाउन आवश्यक रहेको बताएका छन्। नेपालमा पनि अहिले कोरोना संक्रमणको महामारी अझै बढिरहेको समयमा विभिन्न लिखित सुझावहरु दिँदै यी कुरामा ध्यान दिन नसके महामारी झनै बढ्ने खतरा रहने औंल्याएका छन्।

कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले विज्ञको सुझाव विपरित रोग पत्ता लगाउन उपयोगी नहुने आरडिटी किटको ब्यापक दुरुपयोग गरेको तथा केहि मन्त्रीको कारण कोरोना नियन्त्रण एवं आर्थिक सुशासन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एक पटक पनि सिमाबर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एवं अनुगमन नगरेको, जनतालाई ठोस राहत एवं सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै बिषयमा हामी सबै असन्तुष्ट रहेको उनले बताएका छन्।

यस्तै महामारीको बेलामा नेपाल जस्तो गरिब देशले आर्थिक मितव्ययिता गर्ने, खर्च ब्यापक कटौती गर्ने तथा भोलेन्टियर भएर देशको लागि योगदान गर्ने बेलामा केहि व्यक्तिको आर्थिक हालीमुहाली अक्षम्य रहेको समेत उल्लेख गरेका छन्।

अहिले कोरोना संक्रमणको महामारी चलेकोले महामारी झनै बढ्न नदिन निम्न कुरामा ध्यान दिनुपर्ने डा. पाण्डेले बताएका हुन्।

भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए ्र अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७ हजार ६४८ पुगेको छ भने ३ हजार ५९० जनाको मृत्यु भएको छ, जबकी चीनमा संक्रमितको संख्या ८३ हजार ०५७ छ, महाराष्ट्रमा बिहीबारमात्र ३ हजार २५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो ्र त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन्।

स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहि हप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो।

ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ, ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ,

जुलुसमा सामाजिक दूरी कायम नहुने, मास्कको प्रयोग सहि तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने र स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ।

अध्ययनले देखाएको छ कि विरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ।

त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ ्र

शहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समुहमा संक्रमण सर्यो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ।

यो महामारीको समयमा गर्ने विरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं, सामाजिक संजाल, पत्रपत्रिविगतमा धेरै मन्त्रीले राजीनामा दिन बाध्य भएको हामीलाई अवगत नै ।

सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्यब्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाई इमान्दरपूर्वक ब्यबहारमा देखाउन सक्नु पर्दछ, कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ।

यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मिडिया एकताबद्ध भएर महामारीसँग जुध्नुको बिकल्प छैन।

देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरि सम्बोधन गरोस् सरकारले सबै नागरिकको अभिभावक भएको कर्तब्य पालना गरोस, त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ।

संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ ।