माइतीघरमा प्रदर्शनमा सहभागी ५ विदेशी नागरिक पक्राउ, कुन देशका हुन् ?


माइतीघर मण्डलामा जारी सरकार बिरोधी प्रदर्शनमा ५ विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकलाई कुनै पनि सभा, सम्मेलन र प्रदर्शनमा सहभागि हुन नेपालको कानुनले बन्देज गरेको छ ।

शनिबार माइतीघरमा जारी प्रदर्शनमा प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागि भएको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु अमेरिकी, चिनियाँ, फ्रेन्च, क्यानेडियन र अष्ट्रेलियन नागरिक रहेको बताइएको छ ।

५ विदेशीसँगै केही नेपाली नागरिकलाई पनि नियन्त्रण लिएर सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।