संविधानप्रति पूर्ण असन्तुष्टिका बिच राष्ट्रियताको सवालमा एकमत जनाउँछौं : राजेन्द्र महतो


जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा नै राष्ट्रियताको सवालमा जातीय र क्षेत्रीय विभेद गर्न खोजिएको आरोप लगाएका छन् ।

संविधान संसोधन प्रस्ताव माथिको दफाबर छलफलमा बोल्ने क्रममा सभामुख अग्नीप्रसाद सापकोटाले १० मिनेटको समय निर्धारण गरे पछि महतोले पुर्व वक्ताहरुलाई समय निर्धारण नगरी आफ्नो पालोमा समय सीमा लगाइएको भन्दै आक्रोसका साथ बोल्न सुरु गरेका थिए ।

राष्ट्रिय स्वाधिनतामा सबै देशबासी, दलहरुको आवाज एक भएको बताएका महतोले ७० वर्षमा ७ वटा संविधान आईसकेको बताएका उनले जनताको माग अनुसार थप संसोधन जरुरी रहेको बताएका छन् ।

संविधानप्रति आफुहरुको कुनै सहमति नरहेको बताएका उनले आफुहरुको मागलाई पनि संविधानमा समेटिनु पर्ने बताए ।

संसदमा महतोले राखेको बिचार जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस् ।

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिबार  १४ : २८ बजे