सर्वोच्चद्धारा शेयर बजार बन्द गर्नुको कारण देखाउ आदेश जारी

0
Shares

सर्वोच्च अदालतले शेयर बजार बन्द गरेको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले सो आदेश दिएको हो।

लकडाउन सुरु भएपछि बन्द भएको शेयर कारोबार खुला हुनुपर्ने माग राखी अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ ।

अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  ११ : ५१ बजे