चालु आर्थिक वर्ष २०७६/७७ को दश महिना अवधिमा धितोपत्र बजारमा ८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार साधारण शेयर (आईपीओ), बोनस शेयर, म्युचअल फण्ड, हकप्रद शेयर, र अन्य गरि सो रकम बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।
यस्तै नेपाल धितोपत्र बोर्डले ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको छ। साधारण शेयर (आईपीओ), हकप्रद शेयर, डिबेन्चर, र म्युचुअल फण्ड गरि सो रकम बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको हो।
केन्द्रीय बैंकका अनुसार यस अवधिमा सबैभन्दा धेरै २६ अर्ब २५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ भने २१ अर्ब ४६ करोड बराबरको डिबेन्चर सूचीकृत भएको छ। यस्तै १२ अर्ब १६ करोड बराबरको साधारण शेयर, .५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र ११ अर्ब ८३ करोड बराबरको अन्य, गरी कूल ८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । जसमा सबैभन्दा धेरै २१ अर्ब ४५ करोड बराबरको डिबेन्चर रहेको छ। यस्तै बोर्डले ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, ३ अर्ब २३ करोड बराबरको साधारण शेयर र १ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्डका इकाई जारी गर्न अनुमति प्रदान गरेको हो।
प्रतिक्रिया