नेप्सेमा ५ लाख ७९ हजार कित्ता बोनस सूचीकृत

0
Shares

मिर्मिरे लघुवित्त (MMFDB) को ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

मिर्मिरेको किसान, र नागबेली लघुवित्तबीचको मर्जर भाँडिएपछि पुन नागबेली र स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको छ। पहिलो मर्जर भाँडिएपछि राष्ट्र बैंकले कारवाही गरी अन्य कम्पनीहरुसँग मर्जर अथवा एक्वीजिशनमा नगएसम्म शेयर कारोबार रोक्का राख्न निर्देशन दिएकाले मिर्मिरेको शेयर कारोबार भने खुला भएको छैन।

पहिलो तीन कम्पनीबीच भएको मर्जर भाँडिएपनि मिर्मिरे लघुवित्तले नागबेली र स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार  १२ : ११ बजे