सबै प्रदेशमा आइतबार बजेट, प्रदेश ३ ले ५० अर्वको ल्याउने


संबैधानिक व्यवस्था अनुसार हरेक प्रदेशले आइतबार आर्थिक वर्ष २०७६।७७ का लागि बजेट ल्याउने भएका छन् । संविधानमा आर्थिक वर्ष सुरु हुनु भन्दा एक महिना अघि बजेट ल्याउनु पर्ने व्यवस्था छ ।

देशको संघिय प्रणाली अनुसार सातवटै प्रदेश सरकारले असार १ गते आइतबार (आज) आर्थिक वर्ष २०७६।७७ को बजेट ल्याउने भएका हुन । सात प्रदेशले ठूला आयोजनाहरुलाई बजेटको प्राथमिकतामा राख्दै कूल साढे २ खर्ब आकारको बजेट सार्वजनिक गर्न लागेका छन । सात प्रदेश मध्ये सबैभन्दा ठुलो आकारको बजेट प्रदेश ३ ले ल्याउन लागेको छ । प्रदेश ३ को बजेटको आकार ५० अर्व रुपैयाँ बरावरको रहेको छ ।

तर, सुदुरपश्चिम प्रदेशको बजेटको आकार भन्े सबै भन्दा सानो रहेको छ । सुदुरपश्चिम प्रदेशले आइतबार २९ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट पेस गर्नेछन् ।

आइतबार प्रदेश नम्बर १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब र कर्णाली प्रदेशले ३३ अर्ब रुपैयाँ बरावरको बजेट सार्वजनिक गर्नेछन ।
संघीय सरकारले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतलाई समेटेर बजेट ल्याउन लागेका हुन । ठूला आयोजना बजेटको प्राथमिकतामा राख्दै सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई उच्च महत्व दिएको स्रतोको भनाई छ ।

केन्द्र सरकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको १८ं दिनपछि प्रदेशले पनि सार्वजनिक हुन लागको हो । संघीय संसदमा जेठ १५ गते बजेट सार्वजनिक भएकोमा हाल बजेटमाथि अहिले छलफल चलिरहेको छ ।