सरकारले विश्व बैंकबाट १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने..

0
Shares

सरकारले ऊर्जा क्षेत्रको वित्तीय क्षमता सुधार्न विश्व बैंकबाट १० करोड अमेरिकी डलर ऋण लिने निर्णय स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदको असार २ गते बसेकोे बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एंवम सूचना, संचार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ताबापतको विश्वबैंकबाट स्वीकृत गरिएको सो रकम सरकारले स्वीकार गर्ने भएको हो।

विश्व बैंकलेनेपालको ऊर्जा क्षेत्रको आर्थिक सम्भावना उजागर गर्न संस्थागत, नियमनकारी र प्रमुख नीतिगत सुधार गर्न ऋण उपलब्ध गराएको हो ।

उक्त रकम नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार्न, स्वतन्त्र र उत्तरदायी खालको नियामक प्रारूप तयार पार्न,नेपालको जलस्रोतको अधिकतम उपयोगका लागि क्षेत्रीय बजारसँग जोडिन तथा संघीय संरचनाअनुसार विद्युत् प्राधिकरणलाई सशक्त पार्न यो रकम परिचालन हुनेछ ।