राजधानीका विभिन्न स्थानमा ७ घण्टा बत्ती नआउने, यस्तो छ ३ दिनको सूची

0
Shares

राजधानीका केही स्थानमा सात घण्टा बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरण वानेश्वर वितरण केन्द्रका अनुसार शनिबार, आइतबार र सोमबार तीन दिन विभिन्न स्थानको विद्युत आपूर्ति प्रभावित हुने बताएको छ।

काठमाडौ उपत्यका तथा दक्षिण प्रणाली सुदृढिकरण आयोजनाले चावहिल, चुच्चेपाटी गौशाला क्षेत्रमा भूमिगत केबल ट्रान्सफर गर्नको लागि असार ६, ७ र ८ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरहरुबाट आपूर्ति हुने बिजुली प्रभावित हुने बताएको छ ।

प्राधिकरणले जोरपाटी, पशुपति र डाँछी फिडरबाट वितरण हुने विद्युत प्रवाह रोकिने जनाएको छ।