दोहोरो अङ्कले घट्यो शेयर बजार, ५० करोड भन्दा कम कारोबार

0
Shares

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८ दशमलव २७ अंकमा झरेको हो।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा आइपुगेको छ । कूल १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भएका छन् ।

स्टक एक्सचेञ्जका अनुसार आइतबार कारोवारमा आएका कूल १२ उपसमूहकै सूचक ओरालो लागेको छ । निर्जीवन बीमा १११.०३ अंक, जीवन बीमा ३५.४५, होटल २७.५७, विकास बैंक ११.९२, जलविद्युत् १०.८१, बैंकिङ ७.१३, उत्पादन ७.१३, वित्त ६.७१, लघुवित्त ३०.२, र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको शेयर दुई करोड ९५ लाख ८० हजार ५६४ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्टको दुई करोड ५५ लाख १६ हजार ५७८, सिद्धार्थ बैंक दुई करोड ५४ लाख ६६ हजार ७६८, कृषि विकास बैंक एक करोड ८१ लाख ६७ हजार ६२१ र एनआइसि एशिया बैंकको एक करोड ६० लाख ९० हजार ९४० रुपैयाँ बराबरको शेयर खरीद बिक्री भए ।

आइतबारको बजारबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै ६.७५ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.८९, हिमालयन ऊर्जा विकास कम्पनी ४.११, सपोर्ट माइक्रोफाइनाान्स वित्तीय संस्था ३.८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २.६८ प्रतिशतले कमाए ।

यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.८७, विजय लघुवित्त वित्तीय संस्था ६.६०, आँखु खोला जलविद्युत् कम्पनी कम्पनी ६.२५, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.२०, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९५, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७६ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.४२ प्रतिशतले गुमाए ।

आज दुई कम्पनीको शेयर मूल्य समायोजना भयो । सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता ६८१ मा मूल्य समायोजन गरेको हो । कम्पनीको औसत बजार मूल्य एक हजार १५ रहेको छ ।

त्यस्तै गरी कामना सेवा विकास बैंकको पनि शेयर मूल्य समायोजन भएको छ । बैंकले १.५० प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता १६२ मा मूल्य समायोजन भएको हो । बैंकको औसत शेयर मूल्य १६९ रहेको छ।