लुम्बिनी जनरल इन्सुरेन्स (LGIL) को सोमबार नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।
कम्पनीले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ८.१२५ प्रतिशत बोनस समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बोनस पश्चात प्रतिकित्ता ३४६ रुपैयाँ समायोजित मूल्य तोकेको छ। यसअनुसार हाल बन्द रहेको शेयर बजार खुल्दा यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असार २४ गते केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ। यस्तै आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, तथा लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण लगायतका एजेन्डा छन् ।
प्रतिक्रिया