जनरल इन्स्योरेन्स कम्पनीले माग्यो ३० करोडको आईपीओ बिक्री अनुमति

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले नियामक निकाय धितोपत्र बोर्डसँग सर्वसाधारणमा प्राथामिक शेयर (आईपीओ) निष्काशनको अनुमति मागेको छ।

कम्पनीले असार ५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर जारी गर्न अनुमति माग्दै निवेदन दिएको बोर्डले जनाएको छ।

नेपाली बीमा बजारमा नयाँ इन्स्योरेन्स कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी नेपालले २०७५ असार ६ गते बुधबारदेखि कर्पोरेट कार्यालय काठमाडौं हात्तीसारमा एक औपचारिक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरी सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीको जारी पूँजी १ अर्बमध्ये संस्थापक तर्फको लगानी ७० प्रतिशत चुक्ता भैसकेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणको निष्काशनका लागि अनुमति दिएको हो।आईपीओ जारी तथा बाँडफाँड पश्चात कम्पनीके चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीमा कुनाल क्याल अध्यक्ष र एस के तमोट महाप्रबन्धकका रूपमा रहेका छन्।

अनुभवी एवं दक्ष उच्च व्यवस्थापन रहेको कम्पनीले आगामी दिनबाट नै समस्त नेपालीका लागि बीमाको नयाँ–नयाँ प्याकेज लिएर देशैभर शाखा सञ्जालन मार्फत आफ्नो दरिलो उपस्थिति जनाउने तयारीमा छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  १८ : ०१ बजे