इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २ लाख ७ हजार ४०० कित्ता बोनस असार ९ गते मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि नेप्सेमा सूचीकरण भएको हो।
लघुवित्तको २०७६ पुस १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ लाभांश अनुमोदन गरेको थियो। साधारण सभा प्रयोजनका लागि यस संस्थाले पुस ४ गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार पुस ३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्। नगद लाभांश भने कम्पनीले पुस २२ गतेदेखि नै लगानीकर्ताको डिम्याट खातामा उल्लेख गरिएको बैंक खातामा आईपीएबाट सिधै जम्मा गरिसकेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि २२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
प्रतिक्रिया