नेपाल स्टक एक्सचेञ्जले स्वावलम्बन लघुवित्त (SWBBL) को शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले कम्पनी रजिष्ट्रारको पत्रपछि कम्पनीको शेयर कारोबार २०७६ फागुन २० गतेदेखि स्थगन गरेको थियो।
कम्पनी रजिष्ट्रार कार्यालयबाट असार ५ गतेको पत्रअनुसार सूचीकृत भई कारोबार भैरहेको धितोपत्रको कारोबार रोक्का राख्ने प्रयोजनका लागि नभएको ब्यहोरा जानकारी गराएपछि असार ९ गतेदेखि कम्पनीको धितोपत्रको सूचीकरण स्थगन फुकुवा गरिएको कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले जानकारी दिए।
नेप्सेले लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस वितरणपश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरी कायम गरि अभिलेख गराएको संशोधित प्रबन्धपत्र कार्यान्वयन नगराउन कम्पनी रजिष्ट्रार कार्यालयले पत्राचार गरेपछि लघुवित्तको शेयर कारोबार स्थगन गरेको थियो।
लगानीकर्ताले २६ प्रतिशत बोनस शेयर तोकिएको समयमा पाउने सुनिश्चिता हुन अवस्थामा अन्योल भई लगानीको हित विपरित भएकोले भन्दै बोनस वितरणको विषयको टुङ्गो नलागेसम्म कारोबार स्थगन गरिएको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयले लघुवित्तलाई बोनस पूँजीकरणपश्चात जारी तथा चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार ३८४ रुपैयाँ कायम गर्न स्वीकृती दिएकोमा भुलबस त्रुटीका कारण सो पत्र कार्यान्वय नगर्न फागुन १६ गते पुनः पत्राचार गरेपछि २०७६ फागुन २० गतेदेखि लघुवित्तको शेयर कारोबार स्थगन हुँदै आएको थियो।
लघुवित्तको गत पुस २० गते सम्पन्न साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो।
प्रतिक्रिया