सिमकार्ड लिन अब कडाई, सक्कल परिचपयत्र सहित आफैँ उपस्थित हुनुपर्ने

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड वितरणमा थप कडाई गरेको छ। एक व्यक्तिको नाममा जारी भएको सिमकार्ड अन्य व्यक्तिले प्रयोग गर्ने ट्रेण्ड बढ्न थालेपछि प्राधिकरणले कडाई गरेको हो।

बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई मोवाइल सेवा प्रदायकहरुले आफैं वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गर्दा सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फारम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन दिएको हो ।

एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनाधिकृत रुपमा अन्य व्यक्तिको मोबाईल नम्बरमा पहुँच पुग्न गई बैंकिङ्ग सेवा, इमेल सेवा, फेसबुक लगायत सामाजिक सञ्जाल र अन्य डिजिटल सेवा तथा डाटाहरुमा समेत अनाधिकृत व्यक्तिको पहुँच पुग्ने र सुरक्षा खतरा समेत बढ्ने भएकाले नयाँ सिमकार्ड उपलब्ध गराउँदा तोकिएको विवरणको पालना गर्न सबै मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो।

 

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार  १६ : १० बजे