नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस सूचीकृत

0
Shares

नबिल बैंकको बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारका लागि सूचीकृत भएको छ । बैंकले गत आवको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको ९६ लाख ८६ हजार २४४ कित्ता बोनस शेयर असार २ गते सूचीकरण भएको हो।

सूचीकरणसँगै अब बैंकका शेयरधनीले उक्त बोनस शेयर खरिद बिक्री गर्न सक्नेछन्। बैंकको फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

साधारणसभा प्रयोजनका लागि बैंकले गत फागुन १४ गते शेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार बैंकको लाभांश २०७५ फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।

बोनस पश्चात नबिल बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड रुपैयाँ कायम भएको छ।