जापानद्वारा दक्षिण कोरियालाई जी ७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

0
Shares

जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ।

राष्ट्रपति ट्रम्पले यस वर्षको जी ७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रणा गरेका छन्।

उनले जी ७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी ७ को सदस्यता विस्तार गर्न चाहेका छन्।

राष्ट्रपति ट्रम्पको उक्त भनाई सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी ७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ । जी ७ मा हाल जापान सहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन्।

जी ७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  २० : ०७ बजे