शेयर बजार पुरानै मोडालिटीमा खुल्ने, कारोबार समय चार घण्टा मात्रै

0
Shares

विश्वव्यापी रुपमा फैलिएकको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि बन्द रहेको शेयर बजार असार १५ गते सोमबारदेखि खुल्ने भएको छ। 

धितोपत्र बोर्डद्धारा गठित अध्ययन समितिको सुझाबका आधारमा धितोपत्र बोर्डले नेप्सेलाई स्वास्थ्थ सुरक्षाका मापदण्ड अपनाएर बजार खुलाउन निर्देशन दिएपछि आइतबार साँझ बसेको नेप्से संचालक समितिको बैठकले एक घण्टा कारोबार समय घटाएर बजार खुलाउने निर्णय गरेको हो।

असार १५ गते सोमबार देखि चार घण्टा मात्र कारोबार गर्ने निर्णय गरेको नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए । ‘एक घण्टा कारोबार समय घटाएर पुरानै ढाँचामा कारोबार संचालन हुन्छ, अब विहान ११ बजेबाट ३ बजेसम्म बजार खुल्छ’, उनले भने।

बोर्डले गठन गरेको अध्ययन समितिले घरवाट पनि लगानीकर्ता शेयर खरिद र बिक्री गर्न सक्ने अवस्था भएकाले कारोबार संचालन गर्न सकिने सुझाब पेश गरेको थियो।

कारोबार समय घटाइएपनि नेप्से सूचक तथा कम्पनीको शेयर मूल्यमा हुने घटबढमा हुने सर्किट ब्रेकर नियम पुरानै हुने साउदले जानकारी दिए । यसअघि लकडाउनको बीचमा दुई दिन कारोबार खुलाउदा नियमति व्यवस्थामा केहि परिमार्जन गरिएको थियो ।