एभरेष्ट इन्स्योरेन्सको साधारण सभा र बुकक्लोज तय, मर्जरमा इच्छुक

0
Shares

एभरेष्ट इन्स्योरेन्स (EIC) ले साधारण सभा आह्वान गरेको छ। कम्पनीले अगामी साउन ६ गते अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा कम्पनीले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने, वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

यस्तै नियमनकारी निकायबाट कुनैपनि परिवर्तन वा संसोधन गर्न कुनै निर्देशन वा कैफियता प्राप्त हुन आएमा सोही अनुसार गर्ने, आव २०७६/७७ का लागि लेखापरिक्षण नियुक्ति र पारिश्रमिक निर्धारण, आव २०७५।७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब सहितको वासलात पारित गर्ने एजेण्डा पनि साधारण सभामा रहेको छ।

साधारण सभाका लागि कम्पनीले असार २५ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) मिति तोकेको छ। यसअनुसार असार २४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र सभामा सहभागीता जनाउन सक्नेछन्।