नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पूँजी बजारलाई संघिय संरचनामा लैजानुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
देश संघीय संरचनामा गएको भएपनि पूँजीबजारले पनि त्यसलाई अङ्गिकार गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ।
नेपाल धितोपत्र बोर्डले आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बोर्डका पुर्व सञ्चालक तथा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सरोकारवालाको अपेक्षाको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आउनुपर्ने बताए।
“पूँजी बजार अर्थतन्त्रसँग पूर्ण आबद्ध नभैसकेको हुँदा वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन प्राथमिकता दिनु पर्ने देखिन्छ,” थापाले भने,“वस्तु विनिमय बजार सञ्चालनमा समेत बोर्डको नीति तथा कार्यक्रमको प्राथकिमता हुनेपर्छ ।”
उनले संघीयताको अवधारणा संग पुँजी बजारलाई जोड्न आवश्यक भएको बताए। ऋणपत्र बजार बिना धितोपत्र बजारको पूर्ण विकास नहुने भएकाले धितोपत्र बोर्डले ऋणपत्र बजारको विकासमा ध्यान दिन समेत उनले सुझाव दिएका छन्।
प्रतिक्रिया