‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफरका विजेताहरु घोषणा

0
Shares

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफर अनुरुप विभिन्न पुरस्कार विजेताहरु घोषणा गरेको छ।

जस अन्तगर्त अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई सेन्ट्रो जितेका छन् भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यू गाडी हात पारेका छन्।

यसैगरि ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली विजेता जोडीहरुको छनोट भएको छ।

जसमा कुपन नम्बर ३९७ का भरत सिंह पौडेल, कुपन नम्बर २७५ का चन्द्रमणि पौडेल, कुपन नम्बर ९९६ का श्रीजेश घिमिरे, कुपन नम्बर ९९९ का महेश्वर लाल सिंह, कुपन नम्बर ९४४ का कृष्ण प्रकाश पौडेल शर्मा, कुपन नम्बर ७६ का राजु शाह, कुपन नम्बर ७४४ का दल बहादुर बि.क., कुपन नम्बर ७१६ का विजय अग्रवाल (गणेश हार्डवेयर), कुपन नम्बर ११५८ का एनआईसी एसिया बैंक लि.(निर्भिक सापकोटा), र कुपन नम्बर ३५ का खातु इन्टरनेशनल प्रा. लि.ले जितेका छन्।

अफरको विजेताको घोषणा कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनालले असार १५ गते सोमबार हिमालयन टिभिमा प्रत्यक्ष लक्की ड्र मार्फत गरेकी थिइन्।

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्कि ड्र बाट २ विजेतालाई हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यू गाडी जित्ने मौका थियो ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।