३ पटक सर्किट ब्रेक लागेको शेयर बजारमा कुन ब्रोकरले गरे सबैभन्दा धेरै कारोबार ?


लकडाउनसँगै बन्द भएर कारोबार सुरु भएको देस्रो दिन बजार ३ पटक सकरात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ । यसरी बजार तिब्र गतिमा बढ्दै गर्दा ब्रोकरहरुका बिचमा पनि कारोबारमा प्रतिष्पर्धा देखिएको छ ।

मंगलबार कुल २२ करोड ७२ लाख रुपैंयाको शेयर कारोबार भएकोमा स्टक ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटिजले सबैभन्दा बढी शेयर किनबेच गरेको छ । अनलाइनले १ करोड ९७ लाख रुपैंयाको शेयर किनेर २ करोड रुपैंयाको शेयर बिक्री गरेको छ ।

४९ नम्बरलाई पछ्याउने क्रममा स्टक ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबारले १ करोड ८९ लाख रुपैंयाको शेयर किनेर ५६ लाखको बिक्री गरेर दोस्रो स्थानमा बसेको छ ।

तेस्रो स्थानमा रहेको स्टक ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले साढे ९६ लाख रुपैंयाको शेयर किनेर १ करोड १ करोड ४२ लाख रुपैंया हाराहारीको शेयर बिक्री गरेको छ ।

स्टक ब्रोकर नम्बर १४, ४४, ३५, ६, ४५, २८, ५७ कारोबारका आधारमा शिर्ष १० भित्र परेका छन् ।

५० स्टक ब्रोकरले गरेको शेयर कारोबारको तथ्यांक यस्तो छ ।

शेयर ब्रोकरहरुले गर्ने खरिद र बिक्रीमा दोहोरा कारोबार हुने भएकाले कुल रकममा भने खरिद वा बिक्रीको तथ्यांकलाई नेटिङ गरेर कुल कारोबार रकम गणना गरिएको छ । माथि देखाइएको तालिकाको खरिद वा बिक्रीको कुल मूल्य मात्र मंगलबारको कुल शेयर कारोबार रकम हो ।