एनएमबि बैंक र आइएफसि बीच २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि समझदारी

0
Shares

एनएमबि बैंक (NMB) ले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

२५ मिलियन अमेरिकी डलरको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने उलेख गरिएको छ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्न उपयोग गरिने बैंकले जनाएको छ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्।

एनएमबि दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ।