कारोबारको १३ मिनेटमै नेप्सेमा पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार रोकियो

0
Shares

असार १७ गते बुधबार शेयर कारोबार खुलेको १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि शेयर बजारमा सकारात्मक सर्किट लागेको छ।

यससँगै २० मिनेटका लागि शेयर कारोबार बन्द भएको छ। अब ११ बजेर ३३ मिनेटमा कारोबार खुल्नेछ।

१३ मिनेटमा नेप्से ५०.१८ अंकले बढेर १३१०.९३ बिन्दुमा पुगेको छ। यस अवधिमा ९६ कम्पनीका ६ लाख २० हजार कित्ता शेयर १४ करोड ३९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्।

होटल बाहेक सबै उपसमूहका सूचक बढेका छन् भने कुमारी बैंक संस्थापक, नेपाल लाईफ, र हिमालयन डिष्टिलरी र नेपाल पुनर्बीमा कम्पनीको १ करोड बढीको कारोबार भएको छ।

तीन कम्पनीले मात्र गुमाएको बजारमा ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार  ११ : २० बजे