पहिलो सर्किट लागेर खुलेको ३ मिनेट बित्न नपाउँदै शेयर बजारमा अर्को सर्किट


असार १७ गते बुधबार शेयर कारोबार खुलेको ३६ मिनेटमा नेप्से ५ प्रतिशतले बढे पछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ । बजार तिब्र गतिमा उकालो लाग्ने क्रममा दोस्रो पटक ११ बजेर ३६ मिनेटमा सर्किट लागेको हो । यस अघि ११ बजेर १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट ब्रेक लागेको थियो ।

११ बजेर ३३ मिनेटमा कारोबार खुले पछि ३ मिनेटमा नै अर्को सर्किट लागेको हो । अब ४० मिनेट पश्चात अर्थात १२ बजेर १६ मिनेटमा शेयर कारोबार खुल्नेछ ।

पहिलो सर्किट लाग्दा ५०.१८ अंकले बढेर १३१०.९३ बिन्दुमा पुगेको बजार दोस्रो सर्किटमा ६३.०६ अंकले बढेर १३२३.८१ विन्दुमा उक्लिएको छ । यस अवधिमा ११० कम्पनीका ६ लाख ९० हजार कित्ता शेयर १८ करोड ६६ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् ।

होटल बाहेक सबै उपसमूहका सूचक बढेका छन् भने कुमारी बैंक संस्थापक, नेपाल लाईफ, र हिमालयन डिष्टिलरी र नेपाल पुनर्बीमा कम्पनीको १ करोड बढीको कारोबार भएको छ ।

तीन कम्पनीले मात्र गुमाएको बजारमा ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । भने ओरियण्टल होटल र लक्ष्मी लघुवित्तको मात्र शेयर मूल्य घटेको छ ।