विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि नयाँ देशिय निर्देशक घोषणा गर्यो

0
Shares

विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि फरिस हदाद जर्भीसलाई देशिय निर्देशक नियुक्त गरेको छ ।

नेपालमा रहेको उपक्षेत्रीय कार्यालय मार्फत जर्भीस माल्दिभ्स, नेपाल र श्रीलंकालाई सहयोग र्पुयाउने र्गछ र उसले साढे ५ अर्ब डलर लगानीको निरिक्षण गर्नेछन् ।

यसअघि पनि उनले नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजरको रूपमा काम गरिसको छन् । उनले मलेसिया र बोलिभियामा कन्ट्री म्यानेजरको रुपमा काम गरिसकेका छन् । त्यस्तै खाडी देशहरू, इराकका लागि मिसन प्रमुख, पश्चिमी किनार र गाजाका लागि अपरेसन प्रबन्धकका साथै प्राविधिक सहयोग कार्यक्रमको प्रबन्धकको रूपमा पनि काम गरिसकेका छन् ।

‘यो जीवन र जीविकोपार्जन र आर्थिक सुधारलाई सहयोग र्पुयाउनु महत्वपूर्ण छ किनकि देशहरूले कोविड संकटको प्रभावको सामना गरिरहेका छन,’ जर्भीसले भने ‘मेरो पहिलो प्राथमिकता विश्व बैंक द्वारा अनुदानित कार्यक्रमहरू मार्फत कोभिड १९ बाट स्वास्थ्य र आर्थिक प्रभाव कम गर्न, रोजगारी सिर्जना गर्न, र माल्दिभ्स, नेपाल र श्रीलंकामा समावेशी र दिगो विकासलाई सहयोग र्पुयाउन सहयोग र्पुयाउनु हो, र म यसका लागि काम गर्न उत्सुक छु।