सावा ४ अर्वको ट्रेजरी विल्स आउँदै


नोटवजार
काठमाडौं, ३० चैत।

नेपाल राष्ट्र बैंकले मंगलबार सावा ४ अर्बको सरकारी ऋणपत्र निष्काशन गर्ने भएको छ। सरकारले पुरानो ऋणपत्रको सावाँ भुक्तानी नगर्ने भएपछि त्यसलाई नविकरण गर्न मंगलबार भएको हो ।

सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्ने भएको हो। केन्द्रीय बैंकले मंगलबार ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्र जारी गर्ने भएको हो । पहिलो ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रिय बैंकले जनाएको छ । ३ अर्ब करोड रूपैयाँ बरावरको ९१ दिनको र २ अर्ब २५ करोड रूपैयाँ बरावरको ट्रेजरी विल्स जारी गर्ने भएको हो ।
सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ।

यसभन्दा अघि चैत २५ गते केन्द्रीय बैंक निष्कासन गरेको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर ३.८४६२ प्रतिशत रहेको थियो । त्यसैगरी १८२ दिने ट्रेजरी बिल्सको ४.६०५९ कायम भएको थियो । बित्तीय प्रणालीमा न्यून तरलता भएको समयमा ट्रेजरी बिल्स खरिदका आवेदन धेरै आवेदन आउने हुँदा व्याजदरमा पनि वृद्धि भएको हो । तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता संकुचन तर्फ उन्मुख देखिएकाले व्याजदर वढ्दो गतीमा देखिएको छ । ट्रेजरी विल्सको रेटलाई वित्तीय प्रणालीको तरलता प्रभाव पार्ने बताउँदै राष्ट्र बैंकका एक अधिकारीले भने,“पछिल्लो समयमा बजारमा तरलता सन्तुलनमा छ। पछिल्लो समयमा ३० अर्ब अधिक तरलता छ ।”

सो ट्रेजरी बिल्स खरिदका लागि अप्रतिस्पर्धि आवेदनका लागि १५ प्रतिशत छुट्टाएको छ । मंगलबार अक्सन हुने विल्सको निष्काशन तथा बाडफाँड बुधबार हुनेछ ।