महालक्ष्मी विकास बैंकद्वारा कोरोना प्रभावित परिवारलाई राहत वितरण

0
Shares

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक अभाव भोगरिहेको ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका ५० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको सर्वसाधारणलाई आर्थिक सहयोग प्रदान गर्न उक्त रकम उपलब्ध गराइएको हो।

असार १६ गते पोखरा न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई पचास हजार रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।