असार १८ गते बिहीबार तीन पटक सर्किट लागि नेप्से घटेर शेयर बजार बन्द भएको छ। तर बजारमा ठूलो पहिरो जाँदा पनि केही कम्पनीका शेयरमा लगानी गरेका लगानीकर्ताहरुले भने कमाएका छन्।
बिहीबारको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गरेका लगानीकर्ताले ८.०७ प्रतिशतले कमाएका छन्। लघुवित्तको शेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ९३७ रुपैयाँ पुगेको छ। यसैगरि गोर्खाज फाइनान्सको ३.८१ प्रतिशत अर्थात ४ रुपैयाँले बढेर प्रतिकित्ता १०९ रुपैयाँमा कारोबार भएको छ।
यसैगरि गुडविल फाइनान्सको ३.३८ प्रतिशत अर्थात ५ रुपैयाँ बढेर प्रतिकित्ता १५३ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३.१७ प्रतिशत अर्थात १२ रुपैयाँले बढेर प्रतिकित्ता ३९० रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको ३.०१ प्रतिशत अर्थात १० रुपैयाँले बढेर प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएको छ।
यसैगरि स्पर्स लघुवित्त, सर्पोट लघुवित्त, एनएलजी इन्स्योरेन्स, मिथिला लघुवित्त र कालीका पावर कम्पनीका शेयरधनीले पनि २ प्रतिशतका दरले नाफा कमाएका छन्। आज कूल १४२ कम्पनीको शेयर कारोबारमा आएकोमा ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीको शेयरमूल्य घटेको छ। १२ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
उता सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत अर्थात १६ रुपैयाँले घटेर १४४ मा झरेको छ। प्रभु बैंक, हिमालयन डिस्ट्रिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, र ग्लोबल आईएमई बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ताले पनि ९ प्रतिशत धेरैले गुमाएका छन्।
एशियन लाइफ इन्स्यारेन्स, नेपाल बैंक, नेपाल लाइफ, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंकका लगानीकर्ता पनि शिर्ष गुमाउने दश कम्पनीको सूचीमा परेका छन् । यी कम्पनीका शेयरधनीहरुले ८ प्रतिशत धेरैले गुमाएका छन्।
शेयर बजार मापक सूचक नेप्से ८०.४१ अंकले घटेर १२५६.११ बिन्दुमा झरेको छ । १४२ कम्पनीको १० लाख ६१ हजार ८९० कित्ता शेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया