सिटिजन्स बैंकको दोलखा मागा देउरालीमा शाखा रहित बैंकिङ्ग सेवा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा असार ३ गतेबाट १०४ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ।

देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।

बाघखोरमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।