बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकलाई बीमा दाबी भुक्तानी

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी दिएको छ।

बैंकले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि ५ लाख, १८ घातक रोगहरुको लागि ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा रहेको छ ।

बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आएकी श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन। औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी हुन्।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरे।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थिति थियो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।