नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा लगातार दोस्रो सकारात्मक सर्किट लागेको छ।
असार २३ गते मंगलबार ४४० रुपैयाँमा पहिलो कारोबारको खुलेको ९ मिनेट अवधिमा प्रतिकित्ता ४४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४८४ पुगेको हो। कम्पनीको शेयर खरीदका लागि २७ हजार बढी कित्ता शेयरको माग मार्केट डेप्थमा देखिएको छ।

असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको शेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो। बुधबार पछि भने कम्पनीको शेयरमूल्य बढ्दो क्रममा रहेको छ। सोमबार पनि कम्पनीको शेयरमूल्य बढेर सर्किट लागेको थियो।
यसअघि असार १७ गते बुधबार पनि कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर ३७८ रुपैयाँ पुगेको थियो। १५ गते सोमबार र १६ गते मंगलबार १० प्रतिशतले शेयरमूल्य घटेको पुनर्बीमा कम्पनीको १८ गते बिहीबार १.३२ प्रतिशत र २१ गते आइतबार ४.४४ प्रतिशतले बढेको थियो। २२ गते सोमबार र २३ गते (आज) मंगलबार फेरि सकारात्मक सर्किट लागेको हो।
आइपीओमा परेको शेयर बिक्रीकर्ताको चाप बढ्दा सुरुको दुई दिन बिक्रीचाप आएको कम्पनीको शेयरको माग त्यसपछिका दिनहरुमा भने बढ्दो क्रममा देखिएको छ।
आज कारोबार सुरु भएको आधा घण्टा अवधिमा नेप्सको मार्केट डेप्थमा कम्पनीको बिक्री आदेश शुन्य रहेको छ। मंगलबार कारोबार सुरु भएको आधा घण्टा अवधिमा कम्पनीको ८७ हजार ७३३ कित्ता शेयर ४ करोड २२ लाख १५ हजार रुपैयाँमा खरीद बिक्री भएको छ।











प्रतिक्रिया