एनआईसी एशिया लघुवित्तको शेयर कारोबार खुलको पहिलो दिन बिहीबार कारोबार सुरु भएको १८ मिनेटमा नै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
सुरुको कारोबार ३३१ रुपैयाँमा खुलेको लघुवित्तको ७ वटा कारोबारबाटै सर्किट लागेको हो। लघुवित्तको शेयरमूल्य ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ। नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे।
नेप्सेको मार्केट डेप्थमा लघुवित्तको सर्किट मूल्य (३६४ रुपैयाँ) मा नै २ लाख ९८ हजार कित्ताको खरिद अर्डर छ भने कूल ४ लाख ८२ हजार ३५२ कित्ताको माग देखिन्छ।
एनआईसी एशिया लघुवित्तको शेयर सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
प्रतिक्रिया