मल्टीपपर्स फाइनान्सको हकप्रद सेयर असार २३ निष्कासन


मल्टीपपर्स फाइनान्सले कायम रहेका सेयरधनीलाइ बिक्री गर्ने भनेको १ः८.६५ को अनुपातको हकप्रद सेयर असार २३ गते देखि निष्काशन गर्ने भएको छ । नेपला राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि फाइनान्सले उच्च दरमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
फाइनान्सले ८६५ प्रतिशत हकप्रद सेयरका लागि असार ११ गते सेयर धनी दर्ता किताव बन्द समेत गर्ने भएको छ । असार १० गते मंगलबारसम्म नेप्सेमा कारोबार भई फाइनान्सको शेयरधनी दर्ता किताबमा कायम रहने शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्छन् ।
फाइनान्सको हकप्रद सेयर निपष्कासनका लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका शेयरधनीको खाता रहेको बैंक, मल्टीपपर्स फाइनान्सको कार्यालय सप्तरी, तथा सिभिल बैंकको तोकिएको शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन दिन सकिन्छ ।
राष्ट्र बैंकले जिल्लास्तरको फाइनान्स कम्पनीहरुलाई न्यूनतम ४० करोड चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । सोही अनुसार फाइनान्सले शेयरधनीलाई उल्लेख्य मात्रामा हकप्रद बिक्री गरेर चुक्ता पूँजी पुर्याउन खोजेको हो । उक्त हकप्रद जारी गर्ने प्रस्तावलाई फाइनान्सको २०७४ असार ३१ गते सम्पन्न १९ औं वार्षिक साधारण सभा तथा २०७५ भदौ ११ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।
हाल ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको सो अनुपातको हकप्रद बिक्री पश्चात ४० करोड २ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पूँजीको व्यवस्थामा समेत परिवर्तन गरेको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्रमा रहि सञ्चालनमा रहने फाइनान्स कम्पनीले न्यूनतम चुक्ता पूँजी ८० करोड र प्रदेशस्तरमा सञ्चालन हुनेले ५० करोड कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघिको जिल्ला स्तरीय फाइनान्सको चुक्ता पुँजी ४० करोड पुर्याउनु पर्ने व्यवस्था खारेज गरिएको थियो ।