ई-सेवा र रेमिटलीबीच डिजिटल रेमिट्यान्स सेवा सुरु


डिजिटल रेमिटेन्समा पहिलो मानिएको मनी ट्रान्सफर रेमिटली र ई-सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानाडा र युरोपियन देशहरूमा रहेका नेपालीहरूले ई–सेवा मनी ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलीबाट सिधै ई–सेवा वालेट पठाउन तथा कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सकिनेछ ।

ई-सेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ। अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ई–सेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ। ई–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।